काठमाडौं, पुस ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्डले आफ्नो शपथसँगै ८ सदस्यीय मन्त्रिपरिषद गठन गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा प्रधानमन्त्री दाहालसँगै तीन उपप्रधानमन्त्री र ४ जना मन्त्रीले शपथ लिनुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको हो । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहाल र ३ जना उपप्रधानमन्त्री र ४ जना मन्त्रीलाई शपथ ग्रहण गराउनु भयो ।
एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रबाट बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधामन्त्रीको जिम्मेवारी पाउनु भएको छ । एमाले उपाध्यक्ष पौडेललाई अर्थ मन्त्रालय, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठलाई भौतिक पूर्वाधार र लामिछानेलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
मन्त्री बन्नेहरूमा एमालेबाट दामोदर भण्डारी, ज्वालाकुमारी साह र राजेन्द्र राई तथा जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान हुनुहुन्छ । उहाँहरुलाई मन्त्रालयको जिम्मेवारी तोकिएको छैन ।
सोमबार पहिलो चरणमा मन्त्रिपरिषद् गठन गरिएको र पछि मन्त्रिपरिषद् विस्तार हुने सत्ता गठबन्धनका नेताहरुले बताएका छन ।













प्रतिक्रिया दिनुहोस्