काठमाडौं, १३ पुस । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नुभएको छ । आज बुधवार बेलुकी एमाले नेता बस्नेतले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नुभएको हो ।
बस्नेतले प्रधानमन्त्री प्रचण्डलाई बधाई तथा सफल कार्यकालको कामना पनि गर्नुभएको छ । उहाँले विगतको कमजोरीको समीक्षा गरेर वाम दलहरूबीच एकता र सहकार्य गर्दै ुसुखी नेपाली समृद्ध नेपालु निर्माणको अभियानमा अघि बढ्न सफलता मिलोस् भन्ने कामना पनि गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्