जनता टाइम्स

१३ पुष २०७९, बुधबार २१:४२

महोत्तरीको बर्दिबासमा वडा अध्यक्षले नै अतिक्रमणको चपेटामा परेको जग्गा फिर्ता गर्दै


महोत्तरी, १३ पुस । महोत्तरीको बर्दिबास नगरपालिका स्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ । पाटु स्थित जन जागृत माद्यामिक विद्यालयको नै स्वामित्वमा रहनेगरी वडा अध्यक्ष बिराट बिष्टले १८ बिघा ६ धुर जग्गाको विवाद टुंग्याउनुभएको हो । लामो समयदेखी जोतभोग गर्दै आएको दावी गर्दै व्यक्तिले नै अधिग्रहण गरेको उक्त जग्गाको विवाद टुंग्याउदै अध्यक्ष बिष्टले आजै स्थानिय कुमार प्रसाद घिमिरेको संयोजकत्वमा समिती समेत बनाउनुभएको छ ।

विभिन्न ब्यक्तीले अधिग्रहण गरेको उक्त जग्गामा पोखरी र सौन्दयकरण गरेर पर्यटनस्थल निर्माण गर्ने अध्यक्ष बिष्टले जानकारी दिनुभयो । ‘स्थानिय उपभोक्ता र विद्यालयले नै संरक्षण गर्दै आएको उक्त जग्गामा पार्क समेत निर्माण गरि स्थानियहरुको लागी आयआर्जनको वातावरण सिर्जना गर्ने तयारी गरेका छौं,’ अध्यक्ष बिष्टले भन्नुभयो । रातु नदिको तटिय क्षेत्रमा रहेको उक्त जमिन केही स्थानियहरुले फडानी गरेर वाली लगाइएको पाइएको छ । यो निर्णयसगैँ मनलागी अतिक्रमण गर्ने स्थानियहरुमा समेत नियन्त्रण हुने बिस्वास लिइएको छ ।

‘जस्ले अतिक्रमण गरेर उक्त जग्गामा वालीनाली लगाएका छन अब उनिहरुलाई हटाइनेछ,’ अध्यक्ष बिष्टले भन्नुभयो । नगरमा नै सवैभन्दा बढी बर्दिबास–३ मा भु–माफियाहरुको चलखेल बढेको विभिन्न तथ्यहरु सार्वजनिक भैइरहेको वेला वडा अध्यक्ष बिष्टले लिएको पहलकदमीलाइ निक्कै सकारात्मक रुपमा लिइएको छ । स्वयम अध्यक्ष बिष्टले पनि सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरुको संख्या बढीरहेको बताउँदै चिन्ता ब्यक्त गर्दै आउनुभएको छ ।