पोखरा, पुस १७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ेप्रचण्डुले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नुभएको छ । विमानस्थल उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आइतबार बिहान पोखरा आउनु भएको थियो ।
प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललगायत विधिन्न राजनीतिक दलका शीर्ष नेताहरु पोखरा आउनु भएको हो । विमानस्थल उद्घाटन समारोहलाई भव्य बनाउन विभिन्न जातजातिका मौलिक झाँकी र सांस्कृतिक प्रस्तुत गरिएका छन ।
विमानस्थलको उद्घाटन भएसँगै आजैबाट सबै आन्तरिक उडान हुनेछन। लामो प्रतिक्षापछि विमानस्थल निर्माण भएर सञ्चालनमा आएपछि पोखरेली खुसी छन्। यसबाट पोखराको समृद्धिको अपेक्षा गरिएको छ।
आइतबारबाट विमानस्थल औपचारिकरुपमा सञ्चालनमा आए पनि अन्तर्राष्ट्रिय उडानको भने एकिन भइसकेको छैन। अन्तर्राष्ट्रिय उडानका लागि थाई स्माइल, जजीरालगायतले चासो राखेर कुराकानी गरिरहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
करिब पाँच दशकदेखिको पोखरेलीको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनुपर्ने सपना पुरा भएको दिनलाई विशेष बनाउन महानगरले सार्वजनिक बिदा समेत दिएको छ।
प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्नुभएको छ । यहाँ आज आयोजित भव्य कार्यक्रमकाबीच उहाँले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गर्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्