जनता टाइम्स

१८ पुष २०७९, सोमबार १४:०८

प्रधानमन्त्री प्रचण्डले २६ गते विश्वासको मत लिने


काठमाडौं, १८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिनुहुने भएको छ । प्रतिनिधिसभाको पहिलो बैठक २५ गते बस्दै छ ।
प्रधानमन्त्री दाहालले संसद्का महासचिवलाई सम्बोधन गर्दै विश्वासको मत लिने प्रयोजनका लागि व्यवस्था मिलाइदिन अनुरोध गर्नुभएको छ ।

उहाँले २६ गतेको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन महासचिवलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री दाहालले पुस ११ गते शपथ लिनुभएका थियो।

विश्वासको मत पाएपछि मात्र उनले मन्त्रिपरिषद् विस्तार गर्ने बताउँदै आएका छन् ।