जनता टाइम्स

१८ पुष २०७९, सोमबार १४:३५

सुदूरपश्चिम प्रदेशसभाको पहिलो बैठक आज, सभामुख चयन कार्यतालिका प्रकाशित गर्ने कार्यसूची


धनगढी, १८ पुस । सुदूरपश्चिम प्रदेशसभाको पहिलो बैठक आज दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १८३ को उपधारा १ बमोजिम आह्वान गरेको पहिलो बैठक प्रदेशसभाका जेष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतमा बस्ने छ ।

बैठकमा शुभकामना आदानप्रदान गर्ने, सभामुखको निर्वाचनको कार्यतालिका प्रकाशित गर्ने र प्रदेशसभा नियमावली संशोेधनको प्रस्ताव सदनमा पेश गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताउनुभाये ।

प्रदेशसभा सञ्चालनसम्बन्धी नियमावलीमा केही संशोधन गर्नुपर्ने देखिएकोले सोसम्बन्धी शंसोधन प्रस्ताव जान सक्ने सूचना अधिकारी जैशीले दिनुभयो । ५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा कांग्रेसका १९, माओबादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादी पार्टीका ४, राप्रपाका एक जना र स्वतन्त्र १ जना सदस्य छन् ।