काठमाडौं, १९ पुस । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार काठमाडौं उपत्यकाका यातायात कार्यालयको अनुमगन गर्नुभएको छ ।
सवारी चालक अनुमतिपत्र लिनदेखि विभिन्न सेवा प्राप्त गर्न सेवाग्राहीले सास्ती व्यहोर्नुपरेको गुनासो आइरहेका बेला उप्रधान तथा यातायात मन्त्री श्रेष्ठले मंगलबार एकान्तकुना, ठूलोभर्याङ र गुर्जुधारा यातायात कार्यालयको अनुगमन गर्नुभएको हो । सो क्रममा उहाँले सेवाग्राहीका गुनासो समेत सुन्नुभएको थियो ।
मन्त्री श्रेष्ठले यातायात व्यवस्था सुधार विषयमा सरकारले तत्काल काम थाल्नका लागि प्रदेश सरकारसँग छलफल गरिरहेको जानकारी दिनुभयो ।


















प्रतिक्रिया दिनुहोस्