काठमाडौं, २५ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले व्यक्तिको मान सम्मानका लागि होइन देश चलाउने सरकार चाहिएको बताउनु भएको छ । राष्ट्रियता सम्बन्धमा निकै ठूलो जिम्मेवारी अहिलेको सदनलाई रहेको उहाँले बताउनुभयो । मंसिर ४ को निर्वाचनपछिको पहिलो प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले देश विकास र जनताको सेवामा अग्रसर हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘राजनीतिलाई ठिक ढंगबाट अगाडि बढाउनुपर्ने मुख्य जिम्मेवारी सदनसमक्ष छन् । हाम्रा अगाडि राष्ट्रियताका प्रश्न छन् । हामीले कतिपय समस्याको समाधान गर्नुपर्ने छ।’
जनताले परिवर्तनको आकांक्षा राखेकै कारणले नयाँ पार्टीको उदय भएको उहाँको भनाइ छ। उनले भने, ‘व्यक्तिको मान सम्मानको लागि होइन, देश चलाउनका लागि हामीले सरकार बनाउनुपर्छ। जनताको काम गर्न सरकार चाहिन्छ ।’
अहिले देश देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको उहाँले बताउनुभयो । उहाँले धेरै वर्षापछि राजश्व असुली ऋणात्मक रहेको, विदेशी मुद्राका संचिती घटेकाले आयात गर्ने अवस्था नरहेकाले देशको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको बताउनुभयो ।
आर्थिक अवस्था गम्भीर रहेका बेला देशमा निर्वाचित भएर आएका जनप्रतिनिधिले राष्ट्रहितको अवस्थामा उभिनु पर्ने उहाँको जोड थियो ।













प्रतिक्रिया दिनुहोस्