दाङ, पुस २७ । पुष १९ मा नेपाल प्रहरीको हेडक्वारमा एउटा उजुरी पर्यो । उजुरीमा उल्लेख थियो, ‘तुलसीपुर ९ बेलुवामा इप्रकाका घुमुवा प्रहरी हवल्दार मधु केसीको सेटिङमा जुवा संचालन गरिएको छ । त्यो जुवामा अर्का प्रहरी जवान ललित केसीले मिटर ब्याजमा पैसा लगानी गर्छन् ।’
उजुरी प्राप्त भएपछि हेडक्वारले तुरून्तै एक्सन लियो । दुवै जनालाई जिप्रका झिकायो । जिप्रकाले लिखित स्पष्टिकरण सोधेर कार्वाही प्रक्रिया अघि बढाएको थियो । तर, इप्रका तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्ल एसपी विरबहादुर मल्लसँग रोईकराई गरेपछि कार्वाही प्रक्रिया रोकिएको मात्रै छैन,असुली धन्दामा माहिर मानिने मधु केसीलाई पुष २६ मा इप्रका ल्याएर पुर्वत जिम्मेवारमा फर्काइएको छ ।
प्रहरी स्रोतका अनुसार मधुलाई ल्याउन डीएसपी मल्ल स्वंयम गाडि लगेर जिप्रका पुग्नुभएको थियो । मधु जिप्रका तानिएपछि असुली धन्दा चलाउन समस्या परेकाले पुनः डीएसपी मल्लले मधुलाई इप्रका ल्याएको अन्य प्रहरीले बताउँछन् ।
मधु २०७२ सालदेखि इप्रका तुलसीपुरमा निरन्तर घुमुवाको रुपमा कार्यरत हुनुहुन्छ । निकै विवादित भएपछि यो बिचमा ४ पटक अन्यत्र पठाइएको थियो । तर,उहाँले माथिल्लो दर्जाका हाकिमलाई लेनदेन गरेरै पुनः इप्रका तुलसीपुरमा घुमुवा बस्ने गरेको प्रहरी स्रोेतको भनाई छ । यसअघि केसीलाई उच्च अदालत तुलसीपुरमा थन्काइएको थियो ।
तर, डीएसपी मल्ल तुलसीपुर आएपछि असुली धन्दा चलाउन मधुलाइ इप्रका ल्याउनु भएको थियो । डीएसपी मल्ल यसअघि लुम्बिनि प्रदेश प्रहरी कार्यालयमा कार्यरत हुँदा मधुसँग हिचमिच बढेको बताइन्छ । अुसली धन्दा चलाउने प्रहरीलाई कार्वाहि गरेर नैसियत दिनुपर्नेमा फेरि घुमुवा राखेपछि इप्रका तुलसीपुरका प्रहरी अचम्मित बनेका छन् ।













प्रतिक्रिया दिनुहोस्