काठमाडौं, १ माघ । सरकारले यती एयरको विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिने भएको छ । बालुवाटारमा बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकपछि पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री विष्णु पौडेलले दुर्घटनाका कारण पहिचान विश्लेषण गर्न दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
सरकारले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै विदा दिइने निर्णय भएको हो । काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको जहाजमा कुल ७२ जनासहित दुर्घटनाग्रस्त बनेको थियो । बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको जहाज अवतरण गर्ने क्रममा ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको थियो । हाल उद्दारका कार्य जारी रहेको छ भने करिब ३६ जनाको शब भेटिएको छ ।













प्रतिक्रिया दिनुहोस्