काठमाडौं, माघ ३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सप्राइज दिनुभएको छ ।
एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीको भागमा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राज्यमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीबाट बनाएर सप्राइज दिनुभएको हो ।
रास्वपाले सांसद डा. तोसिमा कार्कीलाई राज्यमन्त्री बनाउने र बिज्ञताको आधारमा मन्त्रालय दिने निर्णय गरेपछि एमाले अध्यक्ष ओलीले कार्कीलाई स्वास्थ्य मन्त्रालयमा राख्न सहमति जनाउनु भएको हो ।
स्वास्थ्यमा एमाले नेता पदम गिरीले मन्त्रीको जिम्मेवारी सम्हाल्नु भएको छ ।













प्रतिक्रिया दिनुहोस्