काठमाडौं, माघ ४ । प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख कार्यभार सम्हाल्नुभएको छ ।
प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी कार्की आजबाट परिसरमा हाजिर हुनुभएको हो । उहाँलाई गत पुस २८ गते काठमाडौं जिल्लाको प्रमुख पदमा सरुवा गरिएको थियो ।
प्रहरी प्रधान कार्यालयबाट काठमाडौं जिल्लाको जिम्मेवारी पाएको ६ दिनपछि एसएसपी कार्कीले बुधबार विहान टेकुस्थित परिसरको कार्यालय पुगेर पदभार ग्रहण गर्नुभएको हो । कार्यालयमा प्रहरी अधिकारीले कार्कीलाई स्वागत गरेका थिए ।
पदभार ग्रहण गर्दै एसएसपी कार्कीले अपराध नियन्त्रण, जनताको जिउधनको सुरक्षा आफ्नो प्राथमिकतामा रहेको बताउनु भयो । प्रहरी कर्मचारीको मनोबल बढाउने र परिणाममुखी कार्यसम्पादनमा आफू केन्द्रित हुने उहाँको भनाइ थियो ।
बुधबारै एसएसपी कार्कीले कार्यालय मातहत वृत्त, प्रभाग प्रमुखहरुलाई शान्ति सुरक्षासम्बन्धी आवश्यक निर्देशनसमेत दिएको एसपी दिनेश मैनालीले जानकारी दिनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्