सुर्खेत, ६ माघ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत प्राप्त गर्नुभएको छ । मुख्यमन्त्री नियुक्त भएको १० औं दिनमा उहाँले विश्वासको मत पाउनुभएको हो ।
कर्णाली प्रदेशसभाको शुक्रबारको बैठकमा उहाँले विश्वासको मत पाउनुभएको हो । ४० सदस्यीय प्रदेश सभामा शर्मालाई २५ प्रदेशसभा सदस्यको समर्थन प्राप्त भएको हो । बैठकमा मुख्यमन्त्री शर्माले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा २५ र विपक्षमा १४ मत खसेको हो ।
उहाँलाई स्वतन्त्र प्रदेशसभा सदस्य देवेन्द्रबहादुर शाहीले समेत विश्वासको मत दिनुभएको छ। उहाँले माओवादी केन्द्रको १३, एमालेको ९, एकीकृत समाजवादीको १, राप्रपाको १ मत गरि २५ मत प्राप्त गर्नुभएको हो ।
नेपाली कांग्रेसका १४ जना प्रदेशसभा सदस्यले भने विपक्षमा मतदान गर्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्