काठमाडौं, माघ १२ । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले भन्सार बिन्दुमा हुने चुहावट रोक्न सरकार निर्मम भएर लाग्ने उदघोष गर्नुभएको छ ।
७१ औं अन्तराष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो अठोट गर्नुभएको हो । उहाँले पछिल्ला समयमा भन्सार बिन्दुबाट हुने चुहावट बढदै गएको र यसको असर राजस्व परिचालनमा समेत परेको भन्दै चुहावट रोक्न सरकार निर्मम भएर लाग्ने बताउनु भयो ।
भन्सार बिन्दुबाट कुनै वस्तुको आयात घट्ने तर बजार सोही बस्तुको मौज्दात नै बढि हुने देखिएकाले यसले भन्सारका लिगल च्यानललाई चुनौति दिने काम भएको पनि मन्त्री पौडेलले बताउनु भयो । उहाँले वैध व्यापारलाई प्रोत्साहन र चुहावट रोक्न भन्सार विभागले गम्भीर भएर काम गर्नुपर्ने बतउनु भयो ।
अर्थमन्त्री पौडेलले गत आर्थिक वर्षको यहि अवधिको तुलना गर्दा यस आर्थिक वर्षमा १६ प्रतिशतले राजश्व परिचालनमा कमी भएको भन्दै यस्तो आँकडा सुनेर मात्रै बस्न सक्ने अवस्थामा सरकार नरहेको पनि उहाँले बताउनु भयो । उहाँले राजस्व संकलन गर्ने अभिभारा संकलन गर्ने जिम्मेवारीबाट उम्किन नमिल्ने धारणा पनि राख्नुभयो ।
अर्थमन्त्री पौडेलले राजस्व परिचालनको क्षेत्रको कमजोरीलाई समाधान गर्दै निष्ठा र कार्यक्षमतालाई प्रभावकारी बनाउँदै लक्ष्य भेटाउने काम गर्न निर्देशन पनि दिनुभयो । भन्सार क्षेत्रलाई थप आधुनिकिकरणका योजना निर्माण गर्न पनि सरकार प्रतिवद्ध रहेको जानकारी पनि उहाँले दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्