जनता टाइम्स

१३ माघ २०७९, शुक्रबार १७:४९

नागरिकता मुद्दामा रवि लामिछाने दोषी ठहर, उपप्रधानमन्त्री र सांसद पद दुवै खारेज


काठमाडौं, १३ माघ । सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहरसहितसाम्सद पद खारेज गरेको

अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले रविलेनेपाली नागरिकका रुपमा गरेका सबै कार्य अवैध हुने भनेको

संवैधानिक इजलासको यो फैसलासँगै रवि लामिछानेको मन्त्री तथा सांसद पद खारेज भएको त्यस्तै उहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकोसभापति बन्न समेत अयोग्य हुनुभएको

नागरिकता सन्दर्भमा नेपालको अदालतबाट भएको यो अहिलेसम्मकै ठूलो फैसला हो लामिछानेविरुद्ध अधिवक्ता रविराज बसौलालेसर्वोच्चमा मुद्दा दायर गर्नुभएको थियो

लामिछाने प्रतिनिधिसभाको उम्मेदवार हुन अयोग्य रहेको भनेर निर्वाचन आयोगमा समेत उजुरी परेकोमा आयोगले कुनै निर्णय नगरेपछिउहाँ दोब्बर मतान्तरमा चुनाव जित्नुभएको थियो