जनता टाइम्स

१४ माघ २०७९, शनिबार ०७:२७

रास्वपाको कार्यवाहक अध्यक्षमा अर्याल


काठमाडौं, १४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद (डीपी) अर्याल चयन हुनुभएको छ । शुक्रबार राति बसेको सो पार्टीको आकस्मिक बैठकले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो ।

शुक्रबारै सर्वोच्च अदालतले उक्त पार्टीका सभापति रवि लामिछानेको नागरिकतामा कैफियत देखाउँदै विपक्षमा फैसला सुनाएपछि रास्वपाको आकस्मिक बैठक बसेको थियो ।

बैठकले अर्याललाई कार्यवाहक सभापति बनाउने निर्णय गरेको सो पार्टीका महामन्त्री मुकुल ढकालले जानकारी दिनुभयो । समानुपातिक सांसद अर्याल श्रममन्त्री समेत हुनुहुन्छ ।