जनता टाइम्स

२६ माघ २०७९, बिहीबार १४:२२

संयन्त्रका बैठकअघि एमालेको सचिवालय बैठक : यस्ता छन एजेण्डा


काठमाडौं, माघ २६ । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अगाडि सुरू भएको हो ।

सत्ता साझेदार दलहरुको उच्चस्तरीय संयन्त्रको बैठक अगाडि एमाले आन्तरिक छलफलमा जुटेको हो । बैठकमा राष्ट्रपतिको निर्वाचन, सुदूरपश्चिम सरकार र समसायिक राजनीतिक विषयमा छलफल भइरहेको छ ।

सत्ता साझेदार दलका शीर्ष नेता सम्मिलित बैठक आज दिउँसो ३ बजेका लागि बोलाइएको छ । सो बैठकअघि एमालेले आन्तरिक छलफल भएको हो ।