धनगडी, २६ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले प्रदेशसभाबाट विश्वासको मत पाउनुभएन । आज बसेको प्रदेशसभाको बैठकमा उहाँले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको सभामुख भीम भण्डारीले घोषणा गर्नुभएको हो ।
गत २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त रावलले आजै देशसभाबाट विश्वासको मत लिइसक्नुपर्ने थियो । तर, सरकार बनाउँदा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीका सांसद भने बैठकमा अनुपस्थित भएका कारणले रावलले विश्वासको मत पाउन सक्नुभएन । यससँगै रावल मुख्यमन्त्रीबाट पदमुक्त हुनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्