काठमाडौं, २९ माघ । एमालेनिकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को आउँदो मंगलबारबाट सुरु हुने २३औँ महाधिवेशनको तयारी पूरा भएको जानकारी दिइएको छ ।
काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरेर अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनको तयारी पूरा भएको जानकारी दिनुभएको हो ।
नेतृत्व चयनका लागि सहमतिको प्रयास गरिने बताउनुभएकी उहाँले यदी सहमति नजुटेमा भने मतदानबाट नेतृत्व छान्ने जानकारी दिनुभएको हो । मतदान प्रक्रियामा जाँखा विद्युतीय मेसिन प्रयोग गरिने उहाँले बताउनुभयो ।
आगामी दुई वर्षका लागि १९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी, तीन आयोग निर्वाचित गरिने जानकारी दिएकीी अध्यक्ष बरालले महाधिवेशनमा करिब एक हजार ५७३ प्रतिनिधि सहभागी हुने बताउनुभयो।













प्रतिक्रिया दिनुहोस्