काठमाडौं, १ फागुन । पाँच दिने भारत भ्रमणमा नयाँ दिल्ली पुगेका रक्षामन्त्री हरिप्रसाद उप्रेतीले आज देखी सुरु हुने भारतमा आयोजना हुने दुईवटा कार्यक्रममा सहभागी जनाउँदै हुनुहुन्छ ।
सो कार्यक्रमका लागि भारत सरकारको निमन्त्रणामा पाँच दिने भ्रमणका लागि आइतबार त्यसतर्फ प्रस्थान गरसिक्नुभएको छ । पुष्पकमल दाहाल प्रचण्डको सरकार गठन भएपछि बिदेश भ्रमण गर्ने उहाँ दोस्रो मन्त्री हुनुहुन्छ । यसअघि पराराष्ट्र मन्त्री बिमला राई श्रीलंका जानु भएको थियो । उहाँ श्रीलंकाको स्वतन्त्रता दिवसमा भाग लिएर फर्कीसक्नु भएको छ ।
बेंगलुरू कर्नाटकमा फागुन १ देखि ५ फागुनसम्म सञ्चालन हुने ‘एरो इण्डिया, २०२३’ र ‘स्पिड–डिफेन्स मिनिस्टर्स कन्क्लेभ, २०२३’ को १४औं संस्करणमा सहभागी हुनुहुनेछ । मन्त्री उप्रेतीसँगै नेपाली सेनाका बलाधिकृत रथी सरोजप्रताप राणा र मन्त्रालयका सहसचिव बाबुराम अधिकारी जाने रक्षा मन्त्रालयले जानकारी दिएको छ ।













प्रतिक्रिया दिनुहोस्