जनता टाइम्स

१ फाल्गुन २०७९, सोमबार ०९:२७

‘जनयुद्ध दिबस’ मा दिइएको सार्वजनिक बिदाको सर्वत्र विरोध


काठमाडौं, १ फागुन । सरकारले जनयुद्ध दिवसको अवसरमा सोमवार सार्वजनिक बिदा दिए पछि सर्वत्र विरोधका आवाज उठेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकसाता अघि सरकारी बिदामा कटौती गर्ने घोषणा सार्बजनिक गरेको एक हप्ता नबित्दै मन्त्रिपरिषदले ‘जनयुद्ध दिवस’को अवसरमा बिदा दिएपछि बिभिन्न खाले टिका टिप्पणी सुरु भएको हो । मानबअधिकारीकर्मी, कानुनका ज्ञाता देखि बिभिन्न राजनीतिक दलका नेताले १ फागुनलाई ‘जनयुद्ध दिबस’ मनाउने सरकारी निर्णय प्रति आपत्ति जनाएका छन् ।

नेकपा एमालेका सचिव योगेश भटराईले सरकारको सो निर्णयले बैचारिक ध्रुबिकरणमा फसाएको टिप्पणी गनुृभएको छ । ‘२००७ सालदेखिका सबै क्रान्ति, आन्दोलन तथा बिद्रोहको समष्टी र उच्चतम सफलता तथा गौरब स्वरुप गणतन्त्र र संबिधान दिवस मानिंदै आएको छ, अरु सबै यसकै अधिनस्थ हुनु ’ भटराईले प्रश्न गरेका छन, ‘फेरी अलग अलग बिदा किन ? मुलुकलाई अनावश्यक बैचारिक धुर्बिकरणमा नफसाऔ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले आईतवार गरेको सो निर्णय प्रति आपत्ति जनाएका छन । ‘२०४७ सालको संविधान र राज्यविरुद्ध माओवादीले हिंसात्मक विद्रोह शुरु गरेको दिनको सम्झनामा फागुन १ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय आपत्तिजनक छ,’ थापाले भन्नुभएको छ, ‘हजारौ निर्दोषको ज्यान लिने माओवादी आतंक र हिंसा राष्ट्रिय पर्व हुन सक्दैन ।’ प्रचण्ड सरकारमा सहभागी भएको राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले सो निर्णयमा असहमति नजनाएकोमा उहाँले रोषसमेत प्रकट गनुृभएको छ । ‘राजा र हिन्दुराष्ट्र पक्षधर पार्टी कुन मुखले सरकारमा बसिरहेको छ ? ’ सरकारमा सहभागी भएको उपप्रधान तथा उर्जा मन्त्री लिङदेनको नेतृत्व क्षमतामा पनि प्रश्न गर्नुभएको छ ।

राप्रपाका बरिष्ठ उपाध्यक्ष रबिन्द्र मिश्रले भने जनयुद्ध दिबस मनाउने सरकारको निर्णयमा ब्यंग्य हान्नुभएको छ । उहाँले सो दिवसको बिरोध गलत भाष्य निर्माण थालिएको समेत बताउनुभएको छ । ‘निभ्न लागेको बत्ती यसैगरी चम्किन खोज्छ, नेपालीले नेपाली मारेकोमा ‘दिवस मनाउने ? ४६ र ६२÷६३ को लाई जनआन्दोलन भन्न मिल्छ, जतिबेला लाखौं सडकमा निस्किए तर ४, ५ हजारले लुकेर मान्छे मार्दा त्यसलाई जनयुद्ध भन्ने ? यो समाजमा यस्ता गलत भाष्यहरू धेरै निर्माण भएका छन्।’

मानबअधिकारकर्मी तथा सामाजिक अभियन्ता कनकमणी दिक्षितले सरकारको सो निर्णय प्रति आपत्ति जनाउनुभएको छ । उहाँले भन्नुभएको छ, ‘उग्रप्रगतिशीलहरुलाई ‘च्यालेन्ज’ , दाहाल सरकारको ‘जनयुद्ध दिवस’ घोषणा स्वागत गर्नु या भर्त्सना गर्नु तर मौन नबस्नु। लौ हेरौँ ।’ उहाँका अनुसार द्वन्द्व पीडित समुदाय तथा नागरिक समाजले आज ११ बजे सिंहदरवार जिल्ला प्रशासन कार्यालय मोडमा बिरोध प्रर्दशन पनि गर्ने जानकारी दिनुभएको छ ।

मानबअधिकारकर्मी सुशिल प्याकुरेलले सो निर्णयको चर्को बिरोध गर्नुभएको छ । ‘माओवादीले बहुदलीय संसदीय ब्यबस्था बिरुद्ध हिंसात्मक आक्रमण सुरु गरेको दिन लाई ‘जनयुद्ध दीवस’ मनाउन बिदा दिने सरकारको निर्णयलाई लोकतान्त्रिक भनिएका दलहरुको लज्जास्पद ‘हार दिवस’ भन्नु उचित होला’ भन्दै नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले मौनता देखाएकोमा आश्चर्य प्रकट गर्नुभएको छ ।

लेखक तथा राजनीतिक बिश्लेषक जैनेन्द्र जीवनले सरकारको सो निर्णयमा असहमति जनाउनुभएको छ । ‘जनयुद्ध दिबसको बिदा माओवादी सशस्त्र बिद्रोहले सिर्जेको हिंसा, हत्या, ध्वंस, बिस्थापन, बेपत्ताबाट पीडित हजारौंलाखौं जनसाधारण, सुरक्षाकर्मी र ठगिएका पूर्बलडाकु समेतको पीडाको उपहास हो। शान्ति प्रक्रियासमेत टुंगन बांकी नै छंदा उपलब्धि भन्दा नोक्सान धेरै गरेको त्यस क्रुर दुस्साहसको स्तुति हो’ उहाँले सरकारी निर्णय प्रति आपत्ति जनाउँदै भनेका छन । उहाँका अनुसार ‘जनमत, डर त्रासमा आधारित त्यस गुरिल्ला युद्धका नेता एबं प्रधानमन्त्री प्रचण्डले रास्ट्रपति चुनाबसम्म जे गरे नि काङ्ग्रेस र एमालेले बिरोध गर्दैनन भन्ने बुझेर गराएकोसमेत जनाउनुभएको छ । उहाँले अगाडि भन्नुभएको छ , ‘क्याबिनेटमा यो निर्णयमा साथ दिने एमाले र अनुपस्थित रहेर पास हुन दिने राप्रपालाई कुरिकुरी ।’

बिबेकशिलका नवनिर्वाचित उपाध्यक्ष मिलन पाण्डेले पनि सो बिदाको बिरोध गर्नुभएको छ , उहाँको टिप्पणी छ, ‘असान्दर्भिक बिदाहरू पनि सत्ताको आडमा हुने गरेको ‘नेपाल बन्द’ हो । मानवअधिकारको क्षेत्रमा कार्यरत शान्ति समाज, नेपालले पनि ‘जनयुद्ध दिवस’ मनाउने सरकारको निर्णय प्रति आपत्ति जनाएको छ ।