जनता टाइम्स

१ फाल्गुन २०७९, सोमबार १५:०१

जनयुद्ध दिवसबारे गगन र विश्वप्रकाशलाई मिनेन्द्रको प्रश्न–पार्टीको धारणा राष्ट्रपति निर्वाचनपछि आउने हो ?


काठमाडौं, १ फागुन । जनयुद्ध दिवसबारे गगन र विश्वप्रकाशलाई मिनेन्द्रको प्रश्न–पार्टीको धारणा राष्ट्रपति निर्वाचनपछि आउने हो ?
काठमाडौं, १ फागुन । नेपाली कांग्रेसका नेता डा। मिनेन्द्र रिजालले सरकारको १ फागुनमा जनयुद्ध दिवस मनाउने निर्णयप्रति पार्टीको धारणा सार्वजनिक नभएको नेतृत्वप्रति प्रश्न उठाउनुभएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १ फागुनमा मनाउने जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । जसअनुसार सोमबार सार्वजनिक बिदा दिइएको छ ।

तर, यसबारे कांग्रेसले आफ्नो धारणा सार्वजनिक नभएकोप्रति नेता रिजालले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टीको धारणा राष्ट्रपतिको निर्वाचनपछि आउने हो भन्दै व्यंग्यसहित प्रश्न गर्नुभएको छ ।

‘सरकारले वृहत शान्ति सम्झौता र नेपालको संविधान तथा यसमा अन्तर्निहित मर्मविपरीत घोषणा गरेको कथित ‘जनयुद्ध दिवस’बारे हाम्रो दल नेपाली काङ्ग्रेसको आधिकारिक धारणा अहिले कि राष्ट्रपति निर्वाचन पछि ? आदरणीय महामन्त्रीद्वय तथा प्रवक्ताज्यू,’ उहाँले सामाजिक सञ्जालमार्फत प्रश्न गर्नुभएको हा ।

आफ्नो आधिकारिक फेसबुक पेजमा नेता रिजाल लेख्छन् ः

एमालेको दह्रो समर्थनमा बनेको माओवादी नेतृत्वको सरकारले वृहत शान्ति सम्झौता र नेपालको संविधान तथा यसमा अन्तर्निहित मर्मविपरीत घोषणा गरेको कथित ‘जनयुद्ध दिवस’बारे हाम्रो दल नेपाली कांग्रेसको आधिकारिक धारणा अहिले कि राष्ट्रपति निर्वाचन पछि ? आदरणीय महामन्त्रीद्वय तथा प्रवक्ताज्यू ।

सम्झनाका लागिः

नेपाली कांग्रेसको सभापति श्री गिरिजा प्रसाद कोइराला रहनुहुँदा २०६५ मा वर्तमान प्रधानमन्त्रीकै नेतृत्वमा एमाले सहभागी भएको सरकारले नीति कार्यक्रममा सशस्त्र द्वन्द्वको सट्टा अहिलेझैँ शब्द प्रयोग गर्दा हाम्रो दलको तर्फबाट ती शब्द हटाउन संसदमा मैले संशोधन पेस गरेको थिएँ । माओवादी, एमाले अहिलेको एकीकृत समाजवादी, समाजवादी, जसपा, लोसपाका नेताले त उबेला पनि यी शब्द उचित छन् भनि संसदमा सरकारको नीति कार्यक्रमको पक्षमा मत हालेकै हो ।