जनता टाइम्स

२ फाल्गुन २०७९, मंगलवार ०८:०१

अखिलको २३औं महाधिवेशनको आजबाट, नेतृत्वका लागि तीनजना प्रतिस्पर्धामा


काठमाडौं, २ फागुन । नेकपा एमाले निकट बिद्यार्थीहरू संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु)को महाधिवेसन आजवाट सुरु हुने भएको छ ।

लामो समय निर्वाचनवाट नेतृत्व चयन गर्न नसकेको एमाले अखिलले सहमतिवाट नेतृत्व चयन हुन नसकेमा मतदान पक्रियावाट नेतृत्व चयन गर्ने घोषणा गरेको छ ।

निःशुल्क शिक्षा, स्वास्थ्य र पुर्ण रोजगार, समृद्ध नेपालको निमार्णको आधा, गुणस्तरीय शिक्षा, गतिशिल संगठन, स्वबियु निर्वाचन हाम्रो सरोकार’ भन्ने मुल नारासहित अखिलको २३ औं राष्ट्रिय महाधिसन हुन लागेको हो । जो २–४ फागुनसम्म काठमाडौंमा आयोजना हुनेछ ।

‘यो महाधिवेसका मुख्य उदेश्य भनेको नेतृत्व छनौट गर्ने हो, जसले १९९ सदस्सीय केन्द्रिय समिति गठन गर्नेछ,’ अध्यक्ष सुनिता बरालले जानकारी दिनुहुँदै भन्नुभएको छ , ‘तीनवटा केन्द्रिय आयोग पनि निमार्ण हुनेछन, जुन आयोगमा १५ जना सदस्य हुनेछन ।’

उनका अनुसार सहमतीयवाट नेतृत्व चयन हुन नसकेमा बिद्युतीय मतदानवाट नेतृत्व चयन गर्ने गरी प्रबन्ध मिलाईएको छ ।

मंगलबार अपरान्ह १२ः३० मा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्ने महाधिवेसनमा सहभागी हुन देशभरीवाट १०८० प्रतिनिधिले सहभागिता जनाउने अध्यक्ष बरालले जानकारी दिनुभयो ।

अखिलको भावी नेतृत्वको लागि बरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र मोति विश्वकर्मा र महासचिव समिक बडालले दाबी गरिरहनुभएको छ ।