काठमाडौं, फागुन २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अनेरास्वबियुलाई स्वबियु निर्वाचनमा बिजयको शुभकामनादिनुभएको छ ।
पार्टी निकत विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु)को २३ औ राष्ट्रियमहाधिवेशनको उदघाटन समारोहमा अग्नि धारणा राखदै अध्यक्ष ओलीले अखिलले चैत्र ५ गते हुने स्वबियु निर्वाचनमा सवै संगठनलाईमैदानबाट आउट गर्ने बिश्वास व्यक्त गर्नुभयो ।
‘बिधार्थीको बीचमा निसंकोस पुग्नोस, कसैले भडकायो भनेर अखिलमा ल्याउन नछाडनोस । नेबिसंघदेखि सवै संगठन अखिलको भाईबहिनि संगठन हो । स्वबियु चुनावमा अखिलले छक्का हानेर नेबिसंघसहित सवैलाई दर्शक दीर्घामा पूर्याउनु पर्छ । त्यसैगरी वी क्यानकम ओभर टुडे,’ अध्यक्ष ओलीले भन्नुभयो ।
उहाँले अखिलका नेताहरूलाई त्याग गर्न पनि सुझाउनु भयो । ‘त्याग गर्नोस, त्याग गर्नेको इतिहासले सधै आदरका साथ सम्मान गर्छ,’ उहाँले भन्नुभयो । यसैगरी उहाँले नेपाली कांग्रेसले गर्दा नै पंचायत लामो समय टिकेको बताउनु भयो ।
‘कांग्रेसले पंचायत स्वीकार गर्यो, त्यसैले कांग्रेसको कोही जेल परेन । हामीले स्वीकार गरेनौ, त्यसैले जेल हाल्यो । कांग्रेस सधै पंचायतिसाशकसंग मिल्यो,’ अध्यक्ष ओलीले भन्नुभयो ।














प्रतिक्रिया दिनुहोस्