जनता टाइम्स

५ फाल्गुन २०७९, शुक्रबार ०८:३९

यी हुन चुनावबाट निर्वाचित अनेरास्वबियु हाँक्ने पदाधिकारी


काठमाडौं, फागुन ५ । नेकपा एमाले निकट अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा समिक बडाल भारती मतका साथ विजयी हुनुभएको छ । २३औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गएराति सम्पन्न मतगणना परिणाम अनुसार निवर्तमान महासचिव बडाल अध्यक्षमा तेब्बर मतसहित विजयी हुनुभएको हो ।

सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि बिहीवार विद्युतीय मेसिनमार्फत मतदान भएको थियो । निर्वाचनमा १५१७ मत खसेको थियो । जसमध्ये ९६२ मत पाएर बडाल अध्यक्ष निर्वाचित हुनुभएको हो । उहाँसँग प्रतिस्पर्धा गर्नुभएका अर्का प्रत्यासी आरसी लामिछानेले ३५६, लोकेश निरौलाले ११३ मत र मोती विकले ७८ मत पाउनु भएको छ ।

यसैगरी अनेरास्ववियुको उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट, महासचिवमा नरेश रोकाया र कोषाध्यक्षमा संगम अर्याल विजयी हुनुभएको छ । निर्वाचनमा १५१७ मत खसेको थियो । त्यस्तै महासचिवमा बिजयी नरेश रोकायाले ७३३ मत प्राप्त गर्नुभएको छ । सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं, अन्जना शिवाकोटी, आरती भट्टराई र बिनिता काफ्ले विजयी भएका छन् ।

सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं, अन्जना शिवाकोटी, आरती भट्टराई र बिनिता काफ्ले निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।