जनता टाइम्स

७ फाल्गुन २०७९, आईतवार १०:४१

नागरिक उन्मुक्तिका सांसद अरुण चौधरी रिहा


कैलाली, फागुन ७ । कैलाली– २ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण कुमार चौधरी आइतबार कैलाली जिल्ला कारागारबाट रिहा हुनुभएको छ ।

जिल्ला कारागारमा रहेका चौधरी राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय माफी पाएसँगै रिहा हुनुभएको हो । चौधरीलाई नागरिक उन्मुक्तिको अध्यक्ष रञ्जिता श्रेष्ठ लगायत पार्टीका नेता, कार्यकर्ताहरुले फूलमाला, अबीर र खादा लगाएर स्वागत गर्नुभएको छ ।

२०६६ भदौ ३ मा ट्याक्टर जलाएको आरोपमा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनाविरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।

छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले चौधरी पक्राउ गरेको थियो । सरकारले प्रजातन्त्र दिवसको अवसरमा चौधरीलाई बाँकी कैद सजाय मिनाहको सिफारिश गरेको थियो ।