जनता टाइम्स

७ फाल्गुन २०७९, आईतवार १४:११

एमालेले १३ फागुमा राष्ट्रपतिको उम्मेदवार सार्वजनिक


विराटनगर, ७ फागुन । नेकपा एमालेले आफ्नो तर्फबाट १३ फागुनमा राष्ट्रपति पदको उम्मेदवार सार्वजनिक गर्ने भएको छ । २५ फागुनमा राष्ट्रपति चयनका लागि हुने निर्वाचनको १३ फागुनमा मनोनयन दर्ताको समय तोकिएको छ । सोही दिन नै एमालेले आफ्नोतर्फबाट उम्मेदवार सार्वजनिक गर्ने अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिनुभयो ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले एमालेले राष्ट्रपतिको उम्मेदवार १३ फागुनमा सार्वजनिक गर्ने बताउनुभएको हो । एमालेले उठाएको राष्ट्रपति उम्मेदवारलाई भोट माओवादी केन्द्रले मत दिने विश्वास व्यक्त गर्नुभएको उहाँले राष्ट्रपतिको निर्वाचनले सत्ता समीकरण नबदलिने दाबी गर्नुभयो ।