जनता टाइम्स

८ फाल्गुन २०७९, सोमबार ०९:१०

पूर्वमन्त्री श्रेष्ठको ८८ औ बर्षमा निधन


काठमाडौं, ८ फागुन । पूर्वस्वास्थ्यमन्त्री तथा प्राध्यापक डा. मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ । श्रेष्ठको उपचारका क्रममा आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको हो ।

वामपन्थी बुद्धिजीवी श्रेष्ठले चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो । श्रेष्ठ लामो समयदेखि दम र छातीको सङ्क्रमणले थलिनुभएको थियो ।

विसं २०४६ मा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको सरकारमा उहाँ नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री हुनुहुन्थ्यो । उनका ६ छोरा र एक छोरी छन् ।

 

उनको मङ्गलबार पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ ।