जनता टाइम्स

८ फाल्गुन २०७९, सोमबार १५:५०

युवा संघले जारी गर्यो महाधिवेशन केन्द्रित बिशेष सर्कुलर, यस्ता छन ९ बुँदे निर्देशन (पूर्णपाठ)


काठमाडौं, फागुन ८ । नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघले केन्द्रीय कमिटीको निर्णय कार्यान्वयनका लागि विशेष सर्कुलर जारी गरेको छ ।

मकवानपुरको हेटौंडामा हालै सम्पन्न केन्द्रीय कमिटीको तेस्रो बैठकका निर्णय समेट्दै युवा संघका अध्यक्ष किरण पौडेलको हस्ताक्षरमा आज विशेष सर्कुलर जारी गरेको हो ।

सर्कुलरमा चैत पहिलो सातासम्म वडा,पालिका तथा जिल्ला कमिटीको अधिवेशन अनिवार्य रुपमा सम्पन्न गर्न निर्देशन गरिएको छ । संगठनको अभियानलाई पार्टीको ग्रासरुट अभियानसँग समन्वय गरी अघि बढाउने निर्णय पनि बैठकले गरेको छ ।

आगामी चैत २७ देखि २९ गतेसम्म बाँकेमा हुने संघको नवौं महाधिवेशन भव्य रुपमा सफल पार्न अध्यक्ष किरण पौडेलको संयोजकत्वमा राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समिति’ गठन गरिएको छ । समितिको सहसंयोजकमा उपाध्यक्षद्वय सन्तोष रावल र सुमन पुरीलाई तोकिएको छ ।

समितिमा केन्द्रीय कमिटीका सम्पुर्ण सदस्यसहित महाधिवेशन हुने लुम्बिनी प्रदेशका सवै जिल्ला अध्यक्ष, प्रदेश तथा बिभागीय सदस्यहरु समेत सदस्य रहेका छन । सर्कुलरमा जनाइए अनुसार महाधिवेशन सम्पन्न गर्नका लागि १६ वटा उपसमिति गठन गरिएको छ ।