जनता टाइम्स

११ फाल्गुन २०७९, बिहीबार १३:००

प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच भेट, यस्तो भयो छलफल


काठमाडौं, ११ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

राजनीतिक दलहरुमा भावी राष्ट्रपतिको विषय पेचिलो बनिरहेका बेला उहाँहरुबीच भेटवार्ता भएको हो ।

सिंहदरवारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच पुरानो पाँच दलीय गठबन्धनका विषयमा पनि छलफल भएको छ ।

पाँच दलीय गठबन्धन ब्यूँताएर नयाँ राष्ट्रपति चयन गर्ने कि एमालेसहित गठबन्धनमा एकीकृत समाजवादीलाई सहभागी गराउने विषयमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबीच छलफल भएको छ ।