जनता टाइम्स

१२ फाल्गुन २०७९, शुक्रबार १७:३७

बालुवाटारबाट अध्यक्ष ओली बाहिरिएलगत्तै कांग्रेसको इन्ट्री


काठमाडौं, १२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग करीब साढे दुई घन्टा छलफलपश्चात नेकपा एमाले अध्यक्ष केपी ओली बाहिरिए लगत्तै नेपाली कांग्रेसको इन्ट्री भएको छ । प्रधानमन्त्री प्रचण्डसँग राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा छलफल गर्न पुग्नुभएका ओली बाहिरिनुभएको हो ।

एमाले अध्यक्ष ओलीले १० पुसको सहमति तोड्न नमिल्ने भन्दै एमालेले राष्ट्रपतिमा उम्मेदवारी दिने प्रचण्डलाई जानकारी दिएको स्रोतले जनाएको छ । प्रधानमन्त्री प्रचण्डले भने राष्ट्रिय सहमतिमै उम्मेदवार बनाउन आग्रह गर्नुभएको थियो । प्रचण्ड र ओलीको बैठक सकिएलगत्तै बालुवाटारमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का प्रवेश गर्नुभएको हो ।