काठमाडौं, फागुन १२ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कम्युनिष्ट राष्ट्रपति हुन नदिने भारतको मिसन पूरा गर्ने नाइकेका रुपमा प्रस्तुत हुनुभएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेसबाटै राष्ट्रपति हुनुपर्ने भारतको चाहनाअनुसार आठ दलको निर्णय गराएर प्रचण्डले आफैलाई कम्युनिष्ट मास्ने खेलाडीको रुपमा स्थापित गर्नुभएको हो ।
भारतले बिदेस सचिव बिनयमोहन क्वात्रालाई नेपाल पठाएर नेपालमा कम्युनिष्ट राष्ट्रपति हुन नहुने र कांग्रेसबाटै राष्ट्रपति बनाउनु पर्ने निर्णय प्रधानमन्त्री दाहाललाई सुनाएको थियो । भारतको सोही भनाईपछि प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको कुरा गर्नुभएको थियो । भारतका लागि कम्फर्टेवल राष्ट्रपति छान्दा प्रचण्डले उपराष्ट्रपति समेत गुमाउनु पर्ने भएको छ ।
आज बसेको बालुवाटारमा बसेको आठ दलको बैठकमा प्रचण्डले नै नेपाली कांग्रेसलाई राष्ट्रपति दिने प्रस्ताव गरी निर्णय गराउनु भएको छ । पुरानो सत्ता गठबन्धनका ५ दल र थप तीन दलको बैठकले सो निर्णय गरेको हो । बैठकले नेपाली कांग्रेसलाई दिने सैद्धान्तिक निर्णय गरेको छ ।
भारतले भनेअनुसार यस्तो निर्णय भएको हो । बैठकमा चुनावअघिको ५ दलीय गठबन्धनसँगै जनमत पार्टी, लोसपा र नागरिक उन्मूक्ति पार्टी पनि थपिएका छन । बैठकमा प्रधानमन्त्री प्रचण्डले नै ठूलो दल भएको हैसियतले कांग्रेसलाई राष्ट्रपति दिने प्रस्ताव गर्नुभएको थियो ।बिहीवारको बैठकमा दाहालले माधवलाई राष्ट्रपति बनाउने निर्णय गर्नुभएको थियो । तर आज कांग्रेसबाटै राष्ट्रपति हुनुपर्ने बताउनु भएको हो ।













प्रतिक्रिया दिनुहोस्