काठमाडौं, फागुन १३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा एमालेले उम्मेदवार सुवास नेम्वाङ बिजयी हुने बताउनु भएको छ । आफुहरुले दिएको राष्ट्रपतिको उम्मेदवारी कुनै दाउपेच नभएको भन्दै ओलीले बिजयी बन्ने बताउनु भएको हो ।
राष्ट्रपतिको उम्मेदवारमा पार्टीका उपाध्यक्ष सुवास नेम्वाङको मनोनयन दर्तापछि ओलीले भन्नुभयो, ’हामीलाई विश्वास छ, हामी अत्यधिक मतका साथ विजयी हुन्छौँ ।’
ओलीले एमालेले विधिपूर्वक उम्मेदवार उठाएको बताउँदै उम्मेदवारी दर्ताको निस्सा पनि लिएको बताउनु भयो । ’हामीले विधिपूर्वक उम्मेदवार उठाएका छौँ। उम्मेदवारीको निस्सा पनि लिइसकेका छौँ। यो उम्मेदवारी दलीय स्वार्थ होइन् । संविधानको सही र सफल कार्यान्यनका लागि हो। प्रणालीको रक्षा र सही सफल कार्यान्वयनका लागि हो,’ अध्यक्ष ओलीले भन्नुभयो ।
उहाँले एमालेले उठाएको उम्मेदवार सर्वत्र स्वीकार्य मात्र नभइ स्वागतयोग्य विषय भएको पनि बताउनु भयो । ’हाम्रो उम्मेदवारी सर्वत्र स्वीकार्य मात्र होइन, स्वागतको विषय बन्ने छ। हामीले सबैतिरबाट साथ सहयोग पाउने छौँ। सिंगो नेपाली जनताले हाम्रो साथ दिनुहुनेछ। अत्यधिक मतका साथ विजयी हुन्छौँ,’ अध्यक्ष ओलीको भनाई छ ।
वर्तमान सरकार गठनकै बेला पुस १० मा नै यो समझदारी भइसकेको बताउँदै ओलीले सार्वजनिकमात्र आज गरेको बताउनु भयो । ’वर्तमान सरकार गठनकै बेला पुस १० मा नै यो समझदारी भइसकेको थियो। सार्वजनिक मात्र नगरेको हो। यसमा सहमत सबैले आफ्नो प्रतिवद्धतामा अडिक हुनुहुन्छ भन्ने विश्वास छ,’ ओलीले भन्नुभयो । उ
हाँले यसअघि नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई केही दवाव र अप्ठ्यारो परेको बताए पनि चुनावमा एमालेले उठाएकै उम्मेदवारलाई मतदान गर्ने बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्