जनता टाइम्स

१५ फाल्गुन २०७९, सोमबार १३:०९

सरकार छाड्ने एमाले निर्णय, सरकारलाई दिएको समर्थन पनि फिर्ता


काठमाडौं, फागुन १५ नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको

आज बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेको हो

बैठकपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रपति निर्वाचनमा कुरा नमिले पनि सरकारलाई दिएको समर्थन कायमै राखिरहने कोसिसगरेको तर प्रधानमन्त्री फरक ढंगबाट जान खोजेपछि सरकारबाट हट्ने निर्णय गरेको जानकारी दिनुभयो।

सरकार छाड्न, नत्र सरकारबाट हटाउने वा विनाविभागीय मन्त्रीसम्म बनाउने प्रधानमन्त्रीको निरन्तर अभिव्यक्तिका कारण यो सरकारमाबसिरहनु उचित हुने हामीले देखेनौं’, पौडेलले भन्नुभयो