जनता टाइम्स

१५ फाल्गुन २०७९, सोमबार १७:४१

सन्दीपलाई थुनामा राख्नु नपर्ने सर्वोच्चको फैसला, विदेश जान अनुमति


काठमाडौं, १५ फागुन । बलात्कार आरोपित सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले लाई पुनः पक्राउ गर्नु नपर्ने फैसला गरेको छ । क्रिकेटर लामिछानेलाई विदेश जाने अनुमतिसमेत दिइएको छ । न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडेलको संयुक्त इजलासले उक्त फैसला गरेको हो ।

यसअघि धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध सरकारी पक्षले पुनरावेदन गरेको थियो । सन्दीपले पनि विदेश जान लगाइएको प्रतिबन्ध फुकुवाको मागसहित पुनरावेदन गरेका थिए । सर्वोच्चले दुवै मुद्दा एकै ठाउँमा राखेर सुनुवाइ गरेको थियो ।