जनता टाइम्स

१६ फाल्गुन २०७९, मंगलवार १९:१२

गुणस्तरीय शिक्षा सामुहिक प्रयासबाट मात्र सम्भव छ : मदन भण्डारी मेमोरियल कलेज


काठमाडौं, फागुन १६ । गुणस्तरीय शिक्षालाई आममानिसको सहज पहुँचमा पु¥याउने उद्देश्य लिएर स्थापनाभएको मदन भण्डारी मेमोरियल कलेजले आजएक समारोहका बीच िशक्षाको विकास र विस्तारका लागि सबै सरोकारवालाहरुसंग मिलेर कार्य गर्ने प्रतिबद्धता दोहोर्याएको छ ।

नयाँबानेश्वर काठमाडौंमा स्थितकलेजको नयाँभवन उद्धाटनका कार्यक्रममा कलेज व्यवस्थापन तथा मदन भण्डारी फाउण्डेसका पदाधिकारीहरुले यस्तो प्रतिबद्धता जनाउनु भएको हो ।

भारत सरकारको सहयोगमा तीन करोड रुपियामा निर्माण गरिएको ३० कोठे भवनको आज नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तव, मदन भण्डारी फाउण्डेसनका अध्यक्ष उषा किरण भण्डारी, पूर्वपरराष्ट्र मन्त्री तथा मदन भण्डारी मेमोरियल कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र पाण्डे र काठमार्डौ जिल्ला समन्वय समितिकाअध्यक्ष सन्तोष बुढाथोकीले संयुक्त रुपमा उद्धाटन गर्नुभयो । कलेजको नयाँ भवनले शैक्षिक क्षेत्रको उन्नयनकालागि महत्वपूर्ण भूमिका खेल्ने कुरामा कार्यक्रमका सहभागी सबै बक्ताहरुले विश्वास व्यक्त गरेका थिए ।

पूर्व परराष्ट्र मन्त्री तथा मदन भण्डारी मेमोरियल कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र पाण्डेले नेपाल र भारतबीच सहकार्यको ऐतिहासिक परम्परा रहेको सन्दर्भ उल्लेख गर्दै बेलाबेला केही असझदारी उत्पन्नभएपनि संवादबाटै समाधान हुने गरेको कुरामा जोडदिनु भयो । उहाँले मदन भण्डारी मेमोरियल कलेजसंगको सहकार्य पनि दुई देशबीचको सहकार्यकै निरन्तरता भएको बताउनुभयो ।

प्रखर वक्ता, राजनैतिक चिन्तक, सम्मृद्ध नेपालका स्वप्न द्रष्टा तथा नेपाल रत्नमदन भण्डारीको सम्झनामा वि.स. २०५८ सालमा स्थापनाभएको मदन भण्डारी मेमोरियल कलेज स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्नमा प्रतिबद्ध रहँदै आएको कुरा कार्यक्रमका वक्ताहरुले विशेष महत्वका साथउल्लेख गरेका थिए ।

मदन भण्डारी कलेजका क्याम्पस प्रमुख रमेश चन्द्र पौडेलले कलेजकाबारेमा जानकारी दिंदै भन्नुभयो “हामीले विविध शैक्षिक कार्यक्रमहरुमा विस्तार गरेका छौं । भौतिक पूर्वाधारको स्थापना गरेका छौं । साथै गुणस्तरीय शिक्षा प्रदान गर्ने कार्यमा उल्लेखनीय प्रगति हासिल गर्न सफल भएका छौं । ‘उच्चशिक्षामा सबै नेपालीको सहजपहुँच हुनुपर्छ’ भन्ने जननेतामदन भण्डारीको अवधारणालाई आत्मसाथगर्दै मदन भण्डारी मेमोरियल कलेजले आफ्ना शैक्षिक गतिविधिहरू सञ्चालनगर्दै आएको छ ।”

त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा स्नातकोत्तर कार्यक्रम अन्तरगत पत्रकारिता तथा आम सञ्चार, अङ्ग्रेजी र समाजशास्त्र तथा स्नातक तहमा मानविकी, व्यवस्थापन र इन्फमेसन टेक्नोलोजीका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको मदन भण्डारी मेमोरियल कलेजले हाल शिक्षा क्षेत्रमा देखिएको नीजिकरण, व्यापारिकरण र शैक्षिक अराजकताले सर्वसाधारण तथा जेहनदार विद्यार्थीहरू उच्च शिक्षा आर्जन गर्नबाट बन्चित हुनुपर्ने स्थिति सिर्जना भइरहेको अवस्थाको अन्त्यका लागि उदाहरणीय भूमिका खेलिरहेको धारणा पनि कार्यक्रममा व्यक्त गरिएको थियो ।

एकातिर नेपाली उच्चशिक्षाको गुणस्तर दिन प्रतिदिन कमजोर हुँदै गइरहेको छ भने अर्कोतर्फ नीजि शैक्षिक संस्थाहरूको महङ्गो शुल्कले उच्च शिक्षाबाट सर्वसाधारण विद्यार्थीहरू बन्चितहुनुपर्ने परिस्थिति निर्माण भएको छ । यस तथ्यलाई आत्मसात् गरी मदन भण्डारी मेमोरियल कलेजले न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरी शिक्षालाई आम जनसमुदायको पहुँचमा पुर्याउने प्रयास गरेको कलेज व्यवस्थापनले जनाएको छ ।