- काठमाडौं, फागुन २३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । रिट निवेदक अधिवक्ता ज्ञानेन्द्रराज आरणसहितले आज बिहान सर्वोच्च अदालत पुगेर प्रधानमन्त्री प्रचण्डविरुद्ध रिट दायर गर्नुभएको हो ।
गत शुक्रबार न्यायायाधीश ईश्वर खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध अदालतमा मुद्दा दर्ता गर्न सर्वोच्च प्रशासनलाई आदेश दिएको थियो । अधिवक्ता आरणले द्वन्द्वकालीन मुद्दालाई लिएर प्रचण्डविरूद्ध फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिनुभएको हो ।
सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालका अनुसार अधिबक्ता आरणले प्रचण्डविरूद्ध दिएको रिट दर्ता भएको र बिहीवारका लागि पेशी तय भएको छ । २०७६ साल माघ १ गते माघीका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित सभामा प्रचण्डले जनयुद्धमा १७ हजार मानिस मारिएका र त्यसमध्ये ५ हजार माओवादीले मारेको र त्यसको जिम्मा आफूले लिने अभिव्यक्ति दिएका थिए।
त्यही सार्वजनिक स्वीकारोक्ति गर्नुभएको थियो । सो अभिव्यक्तिलाई लिएर प्रचण्डविरूद्ध छानबिन गरी कारबाही गर्नुपर्ने मागसहित अधिवक्ता आर सर्वोच्च जानुभएको हो ।
उहाँहरुले ‘प्रचण्ड’विरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतका रजिष्ट्रारले दर्ता गर्न नमिल्ने भन्दै दरपीठ गरिदिएको थियो। त्यसपछि सर्वोच्च प्रशासनको दरपिठ गर्ने निर्णयविरुद्ध अधिवक्ताद्वयले सिधै सर्वोच्चको इजलासमा निवेदन दिनुभएको थियो । अधिवक्ता आरणका बुवा टीकाराजलाई तत्कालीन विद्रोहीले अपहरण गरी हत्या गरेका थिए ।
सर्वोच्चले प्रचण्डविरूद्ध मुद्दा दर्ता गर्न आदेश दिएपछि माओवादीमा हलचल भएको छ । प्रचण्डविरुद्ध मु्द्दा दर्ता गर्ने सर्वोच्च अदालतको आदेशप्रति माओवादी केन्द्रले आपत्ती समेत जनाएको छ । सर्वाेच्चमा माओवादी जनयुद्धमा मारिएका २८ जनाका आफन्तको संयुक्त निवेदन दिनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्