काठमाडौं, फागुन २५ । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरुभएको छ । संसद भवन नयाँबानेश्वरमा मतदान सुरु भएको हो ।
राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङउम्मेदवार हुनुहुंछ ।
मतदान सुरु हुनुपूर्व नै मतदानस्थल पुग्नुभएका उम्मेदवार रामचन्द्र पौडेलले मतदान गरिसकेका छन् । त्यसपछि मात्र नेम्वाङले मतदानगर्नुभयो ।
निर्वाचन सकिएलगत्तै संसद भवन भित्रैको एक हलमा मतगणना सुरु गर्ने र आजै बेलुका ७ बजेभित्र मतपरिणाम सार्वजनिक गर्ने निर्वाचनअधिकृत महेश शर्मा पौडेलले जानकारी दिनुभयो । अहिले मतदान जारी छ ।
प्रतिक्रिया दिनुहोस्