काठमाडौं, २६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’विरुद्धको रिटमा सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको छ । संक्रमणकालीन न्यायसम्बन्धी विषय भएकाले समयमै टुङगाउन इजलासबाट रिटलाई अग्राधिकार दिने आदेश भएको छ ।
रिट निवेदकले माग गरेबमोजिम प्रचण्डविरुद्ध जाहेरी लिने, पक्राउ गर्नुपर्ने भन्दै दाबी गरेको अन्तरिम आदेश भने जारी भएन ।
विपक्षी बनाइएका प्रचण्डसहित प्रधानमन्त्री कार्यालय, गृह, रक्षा, कानुन मन्त्रालय र प्रहरी प्रधान कार्यालयविरुद्ध कारण देखाउ आदेश जारी गरेको छ ।
प्रचण्डले २०७३ माघ १ गते टुँडिखेलमा आफूले द्वन्द्वकालीन समयमा भएका पाँच हजार हत्याको जिम्मेवारी लिने अभिव्यक्ति दिनुभएको थियो । सो अभिव्यक्तिबमोजिम उहाँमाथि छानबिन तथा अभियोजन हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा ज्ञानेन्द्र राज आरणसमेतले रिट दायर गर्नुभएको हो ।
यसअघि, उहाँहरुको रिट अदालत प्रशासनबाट दरपीठ भएको थियो । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले दरपीठको आदेश शुक्रबार बदर गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्