काठमाडौं, फागुन २७ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० दलीय गठबन्धन महिला विरोधी भएको ठोकुवा गर्नुभएको छ ।
अखिल नेपाल महिला संघले शनिबार आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक महिला हुनुपर्ने व्यवस्था संविधानमा भएको भन्दै १० दलीय गठबन्धन महिला विरोधी रहेको तथ्य प्रस्तुत गर्नुभएको हो ।
‘१० दलीय गठबन्धन महिला विरोधी छ। गठबन्धनले साझा उम्मेदवार नमिलाईकन दिदैंछन्। दलीय गठबन्धनले कानुन छले। १० दलीय गठबन्धन जालझेल गर्न खोजिरहेका छन्। मर्म अर्को समुदायसँग होइन। पुरुष हुन्छ भने महिला र महिला हुन्छ भने पुरुष हुन सक्नुपर्थ्यो,’ ओलीले भन्नुभयो, ‘संविधानमा स्पष्ट व्यवस्था भएन । राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक महिला हुनुपर्छ भन्ने संवैधानिक व्यवस्था देखिन्छ। ’
ओलीले फेन्सी महिला आन्दोलन चलाएर केहि नहुने पनि बताउनु भयो । ‘अहिलेको संविधानमा ३३ प्रतिशत महिला र सबै पालिकामा प्रमुख र उपप्रमुखमध्ये एकमा महिला हुनुपर्ने प्रबन्ध त गरेका छौं। सभामुख–उपसभामुखमा अल्टरनेट हुनुपर्नेछ,’ ओलीले भन्नुभयो ।
यही मान्यताको आधारमा एमालेले आजै उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी दर्ता गराएको छ।
प्रतिक्रिया दिनुहोस्