जनता टाइम्स

२८ फाल्गुन २०७९, आईतवार १०:३९

सिन्धुली बस दुर्घटना ५ जनाको मृत्यु, घाइतेलाई उद्धार गरिँदै


काठमाडौं, २८ फागुन । ओखलढुंगाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस सिन्धुलीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।

सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुहिभिरमा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिनुभयो। दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डीएसपी चिरञ्जीवी दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार बा २ ख ६५९६ नम्बरको यात्रुबाहक बस भित्तामा ठोक्किएर दुर्घटना भएको हो। अहिले उद्धारको काम भइरहेको र घाइतेहरूलाई उपचारका लागि काठमाडौं पठाउने तयारी भएको उहाले बताउनुभयो ।