जनता टाइम्स

३ चैत्र २०७९, शुक्रबार १३:५९

उपराष्ट्रपति चुनावमा यी दुई दलले गरेनन मतदान


काठमाडौं, चैत ३ । उपराष्ट्रपति चुनावअन्तर्गतको मतदानमा दुई वटा राजनीतिक दल सहभागी भएका छैनन ।

आज जारी निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी निर्वाचनमा सहभागी नभएका हुन।

प्रतिनिधिसभामा राप्रपाका १४ र नेमकिपाका १ जना सांसद छन् । राप्रपा र नेमकिपा दुवै दल राष्ट्रपति चुनावमा पनि तटस्थ बसेका थिए ।