काठमाडौं, १० चैत्र। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफ्नो पद गुम्ला कि भन्ने डर रहेको टिप्पणी गर्नुभएको छ । मान्छेलाई बढी पाउने इच्छा हुने भन्दै उहाँले प्रधानमन्त्री दाहालमा पनि पद गुम्ला कि भन्ने डर रहेको बताउनुभएको हो। शुक्रबार साई शिक्षा निकेतन माध्यामिक विद्यालयले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले पूर्वप्रधानमन्त्रीहरुलाई फिरी प्रधानमन्त्री हुन पाइँदैन कि भन्ने चिन्ता उत्तिकै रहेको उल्लेख गर्नुभयो ।
उहाँले बालबालिकाहरुलाई भने डर दिनेगरी शैक्षिक वातावरण बनाउन नहुने बताउनुभयो। बालबालिकाहरुलाई अभिभावक र शिक्षक मिलेर मेहनत गर्न सिकाउनुपर्ने तर एकपटक असफल हुँदैमा खत्तम भयो भन्ने गरी परीक्षाको नाममा डर बोकाउने काम गर्न नहुने उहाको भनाइ थियो।
महामन्त्री थापाले भन्नुभयो , ‘अहिले म यसो नेताहरु हेर्छु–पटकपटक प्रधानमन्त्री भइसकेको नेतालाई अर्कोपटक प्रधानमन्त्री होला कि नहोला भन्ने डर छ। पटकपटक चुनाव जितेकोलाई अर्कोपटक चुनाव नजित्ला कि भन्ने डर छ। अहिले भइरहेको प्रधानमन्त्रीलाई भोलि बिहान अर्को मिलेर मलाई हटाइदेलान् कि भन्ने डर छ।













प्रतिक्रिया दिनुहोस्