जनता टाइम्स

१५ चैत्र २०७९, बुधबार १४:२१

मधेसमा झनै कमजोर बन्यो माओवादी, पूर्वमन्त्री कुशवाहले त्यागे पार्टी


काठमाडौं, चैत १५ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री शिवचन्द्र कुशवाहले पार्टी परित्याग गर्नुएको छ । आफ्नै पार्टीका अध्यक्ष प्रधानमन्त्री रहेको बेला पूर्वमन्त्री कुसवाह माओवादी केन्द्र परित्याग गरी आज जनमत पार्टीमा प्रवेश गर्नुभएको हो ।

गत निर्वाचनमा गठबन्धनबाट माओवादीबाट उम्मेदवार बनी करिब ३ सय मत अन्तरमा हालका उपराष्ट्रपति जसपाका रामसहाय यादवसँग पराजित हुनुभएका कुशवाह बुधबार जनमतमा प्रवेश गर्नुभएको छ ।

रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा कुशवाहलाई स्वागत गर्दै जनमत पार्टीका अध्यक्ष सीके राउतले माओवादी आन्दोलनमा योगदान गर्नुभएका कुशवाहलाई बारा २ बाट उपचुनावमा उम्मेदवार बनाउने घोषणा समेत गर्नुभयो ।

रामसहाय उपराष्ट्रपति बनेपछि सो क्षेत्रमा उपचुनाव हुँदैछ । उपेन्द्र यादवलाई चुनाव जिताउँने षडयन्त्र अनुरुप बारा २ मा हतार हतार उपचुनाव गराइएको भन्दै राउतले सप्तरीका जनताले अश्वीकार गरेका यादवलाई बारा २ का जनताले पनि अश्वीकार गर्ने बताउनु भयो ।

यादवलाई हराउनकै लागि कुसवाहले पार्टी परित्याग गरीजनमत पार्टी रोज्नुभएको हो ।