जनता टाइम्स

२० चैत्र २०७९, सोमबार १७:०७

खोटाङमा मेयरको चालकको ठाउँमा एसईई दिँदै गरेका एक युवक पक्राउ


काठमाडौं, २० चैत । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाकी प्रमुख विमला राईका चालक नाममा नक्कली विद्यार्थी बनेर परीक्षा दिँदै गरेको व्यक्ति पक्राउ परेका छन् । नगरप्रमुख राईका चालक च्यास्मिटार मामाध्यामिक विद्यालयका विद्यार्थी श्यामराज राईको नाममा नक्कली विद्यार्थी बनेर परिक्षा दिँदै गरेका सोही विद्यालयका राम राई हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेस्थित लक्ष्मि माध्यामिक विद्यालय खोक्सेली परिक्षा केन्द्रबाट पक्राउ परेका हुन् ।

पक्राउ परेका व्यक्तिलाई नगरप्रमुख राई लगायतको दवाबमा छोड्न लागिएको जानकारी आएको छ भने विद्यार्थी श्यामराज राई फरार रहेका जनाइएको छ । इलाका प्रहरी हलेसीका प्रहरी निरीक्षक सुनिल भाजुले भने यस बारेमा आफुलाई कुनै जानकारी नभएको बताउनुभयो ।