जनता टाइम्स

२६ चैत्र २०७९, आईतवार १४:३५

रवि लामिछानेलाई दिनुपर्छ भन्दै रास्वपा सांसद श्रेष्ठले दुर्गा प्रसाईंसँग साढे दुई करोड मागेको अडियो सार्वजनिक


काठमाडौं, चैत २६ । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग साढे दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ ।

कपुरबोट मिडियाले सांसद श्रेष्ठ र ब्यवसायी प्रसाईंबीच भएको रकम डिलको अडियो सार्वजनिक गरेको हो । सार्वजनिक भएको अडियोमा श्रेष्ठले पार्टी सभापति रवि लामिछानेका मान्छेलाई दिन उक्त रकम चाहिएको बताउनु भएको छ ।

यस्तो छ सांसद श्रेष्ठ र ब्यवसायी प्रसाईंबीचको संवाद

ढाकाप्रसाद : मुकुलजीलाई त थाहा छैन सर यो । मुकुलजी पनि कोर टिममा हुनुहुन्न के…

दुर्गाः ए.ए।

ढाकाप्रसादः बाहिर त महामन्त्री नै हो। अब हजुरलाई पार्टीकै कुरा गर्दा दुई तीन जना चाँहि छुट्टै हुनुहुन्छ । पार्टीलाई धेरै सहयोग गर्ने, सुरूवाती क्षणदेखि नै सहयोग गर्ने र त्यो टिमबाट मलाई कुरा आएको र आज मैले फिक्स गर्नुपर्छ पैसा, उताबाट हुन्न भन्छन फेरि । दुई–साढे दुई भनेका छन् अब मैले अहिले एक दिएँ भनेपनि मान्छन । पछि चेक दिएँ भनेपनि मान्छन एक–दुई दिन…

दुर्गाः यो पैसा पनि तपाईंले उही रविलाई त बुझाउनुपर्ला नि हैन ?

ढाकाप्रसादः अ.. मैले रवि सरलाई भन्दा पनि रवि सर देखा पर्नुभएको छैन । बाहिरको दुई जना तीन जना साथीहरू हुनुहुन्छ, उहाँहरूलाई दिने हो । पार्टीलाई जान्छ भनेका छन क्यार।

दुर्गाः तपाईंलाई मैले के ग्यारेन्टी गरेँ भने दुई करोड रुपैयाँ दिने ग्यारेन्टी गरेँ । तपाईंलाई म सजिलो बाटो देखाइदिन्छु । त्यसको पिर नगर्नुस । उनीहरूसँग टाइम लिनुस, ल म दिन्छु भनेर भन्नुस । सत्य कुरा। तपाईं र म भेट्नुपर्छ । भेटिराख्नु पनि पर्दैन। फोन पनि गर्नुपर्दैन । म जति भिडेको छु नि स्वास्थ्य क्षेत्रमा गोविन्द केसी के भिडेको छ र ? कुरो बुझ्नुभएन ?

तपाईंलाई म ऊ दिन्छु । आइडिया दिन्छु, यो दुई करोडको ग्यारेन्टी भयो । म दिन्छु । पिर नगर्नु । तपाईं अघि बढ्नुस है !

अब फेरि तोसिमाले लडाइँ त गर्दिनन नि ? तोसिमा कार्कीले ?

ढाकाप्रसादः हैन गर्दैनन । गर्दैनन । टिमले गरेपछि सक्यो । हामीले रवि सरलाई म्यान्डेट दिएका छौं। उहाँले जसलाई राख्नुभयो– राख्नुभयो।

दुर्गाः ए… ल। अब यस्तो भयो नि त । तोसिमाले पैसा निकाल्न पनि सक्दिनन । किन भन्नु न । गोविन्द केसीको मान्छे भनेको छ नि कहीँ कुरै गर्न मिल्दैन । उसँग डराउँछन ।

ढाकाप्रसादः तिनी मन्त्री भइन भनेपनि काम पनि छैन नि ।

सहकारीको पैसा अपचलन गरेको मुद्दामा सांसद श्रेष्ठ यसअघि पनि विवादमा आउनु भएको थियो । श्रेष्ठ अध्यक्ष रहेको पोखराको साथी किसान कृषि सहकारी संस्थाले बचतकर्ताको ८२ लाख रुपैया अपलचन गरेको मुद्दा उहाँ माथि छ ।