काठमाडौं, चैत ३० । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले आफू नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणको उत्तराधिकारी रहेको स्वीकारोक्ति गर्नुभएको छ ।
आफूभन्दा अगाडि २०७९ पुस १० गतेसम्म गृहमन्त्रीका रुपमा कार्यरत बालकृष्ण खाँणले अघि बढाएको योजनालाई जस्ताको तस्तै पारित गरेको तथ्य खुलासा गरी रविले खाँणकै उत्तराधिकारी आफू भएको प्रमाण दिनुभएको हो ।
गृहमन्त्रीका हैसियतमा रविले नेपाली नागरिकका वैयक्ति तथा जैविक विवरण प्रमाणीकरण गर्न बिदेसी निजी कम्पनीलाई जिम्मा दिने निर्णयको समाचार बारिह आएपछि त्यस्को खण्डन गर्दै रविले सार्वजनिक गर्नुभएको भनाईले उहाँ खाँणको उत्तराधिकारी रहेको प्रष्ट पारेको छ ।
खाँणकै उत्तराधिकारी रहेको तथ्य खुलाउँदै रविले लेख्नुभएको छ, ‘म मन्त्री भएर आउनुभन्दाअघि मन्त्रालयको नियमित प्रक्रिया अनुसार नै भइरहेको थियो । त्यो कार्यविधि पनि मैले गृहमन्त्रालयको कार्यभार सम्हाल्नुअघि नै मन्त्रालयमा तयार भएर तर्जुमाका लागि पेश भएको तथ्य मन्त्रालयका जोकसैलाई सोध्दा पनि हुन्छ । संयोगले म गएपछि कार्यविधि स्वीकृत भएको अवस्था हो। मेरो ठाउँमा अरु कोही भएको भए पनि प्रक्रियागत रुपमा अघि बढेको काम यसैगरी स्वीकृत हुन्थ्यो।’
रविले थप्नुभएको छ, म गृहमन्त्री हुनुभन्दा अघि तयार भएको कार्यविधिबारे मन्त्रालयका कर्मचारीले मलाई ब्रिफ गरेपछि यसलाई अगाडि बढाउन मेरो हस्ताक्षर गरिएको हो । यससम्बन्धमा मैले कुनै उचित/अनुचित चासो लिए/नलिएको तथ्य सम्बन्धित कर्मचारीलाई सोद्धा हुन्छ ।’
रविको अर्काे भनाईले पनि यो काममा बदनीयत लुकेको प्रष्टै देखिन्छ ।
उहाँले लेख्नुभएको छ, ‘कार्यविधि स्वीकृत गर्दा सम्बन्धित विभागीय प्रमुखको ब्रिफिङ्गलाई आधार मान्नु र विश्वास गर्नुपर्ने नै हुन्छ। मलाई गरिएको ब्रिफिङ अनुसार, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले संकलन गरेको विवरणलाई एकीकृत सार्वजनिक सेवासँग जोड्न सकिएको छैन। राष्ट्रिय परिचयपत्रको प्रयोग केवल राहदानीको लागि विवरण भेरिफिकेसन गर्ने बाहेक अन्यत्र हुन सकेको छैन। कतै प्रयोगमा नआउने यो राष्ट्रिय परिचयपत्र नै किन आवश्यक पर्यो भन्ने सम्मका प्रश्न उठेका छन ।’
रविले आफू भन्दा अघि पनि ठेक्का पाएको कम्पनीले थुप्रै काम गरिसकेको भन्दै आफू पनि पहिलाका मन्त्री जस्तै बदमास भएको स्वीकारोक्ति पनि गर्नुभएको छ ।
उहाँले लेख्नुभएको छ, ‘समाचारमा राष्ट्रिय परिचय पत्रको वैयक्तिक र जैविक विवरण रुजु गर्ने जिम्मा विदेशी कम्पनीको नेपाली एजेन्टलाई दिएको भनेर उक्त कम्पनीलाई म गृहमन्त्री हुँदा मात्रै भित्र्याइएको जसरी प्रचार गरिएको छ । जबकि यो समाचारपछि मैले मेरो टिमलाई खोज्न लगाउँदा ‘एडभान्टेज इन्टरन्यासनल’ नामको यो कम्पनीले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा कयौँ ठेक्काहरु अघिल्लो गृहमन्त्रीको कार्यकालमै पाएको देखिन्छ ।’
रविको यो भनाईले उपप्रधान तथा गृहमन्त्री पदमा एक महिना रहँदा उहाँले गम्भीर राष्ट्रघाती काम गरेको तथ्य समेत उजागर भएको छ । हरेक काम नयाँ ढंगबाट गर्ने घोषणा गर्नुभएका लामिछानेले यस्तो गम्भीर राष्ट्रघाती निर्णयलाई भने आफूभन्दा अघिका गृहमन्त्रीले अघि बढाएको भन्दै पन्छन खोज्नुभएको छ । जवकी निर्णय गर्ने ब्यक्ति लामिछाने नै रहेको तथ्य उजागर भइसकेको छ ।













प्रतिक्रिया दिनुहोस्