काठमाडौं, वैशाख ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले संवैधानिक परिषदको बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री दाहालले शुक्रबार बिहान ९ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाउनु भएको हो ।
आज बिहान मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकले ओलीको बटमलाइन अनुसार प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढाउने सहमति गरेको थियो ।
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिना र उपसभामुख इन्दिरा राना सदस्य हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्