सिमरा, बैशाख ६ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बारा क्षेत्र नं २ मा एमालेको जित सुनिश्चित रहेको बताउनु भएको छ ।
चुनावी अभियानका क्रममा बुधबार बारा आउनु भएका बरिष्ठ उपाध्यक्ष पोखरेलले चुनाव जित्ने थुप्रै आधार रहेकाले उम्मेदवार पुरुषोत्तम पौडलको बिजय निश्चित रहेको बताउनु भयो ।
बैशाख १० गते हुने निर्वाचनका लागि एमालेको ठूलो शक्ति एकताबद्ध ढंगले परिचालित हुनु र विकासप्रेमी नेता उम्मेदवारका रूपमा मैदान हुनु नै एमालेले चुनाव जित्ने मुख्य आधार रहेको पोखरेलको भनाइ थियो।
नेता पोखरेलले फिरंगी र पार्टी चाहार्दै हिँड्नेलाई भन्दा जनतासँग बसेर काम गर्ने भूमिपुत्रलाई जिताउन बारा २ का मतदाता उत्साहित देखिएको बताए। लामो समयदेखि बाराको भूगोलमा बसेर जनता पक्षमा काम गरेका व्यक्तिलाई एमालेले उम्मेदवारका रुपमा अघि सारेको भन्दै नेता पोखरेलले यसको मूल्यांकन जनताले नै गर्ने प्रतिक्रिया दिनुभयो।
अन्य पार्टीका उम्मेदवार र एमालेको उम्मेदवारलाई तुलना गरेर जनताले मतदान गर्ने नेता पोखरेलको भनाइ थियो। पोखरेलले बारा क्षेत्र नं २ को विकासका लागि पनि एमाले उम्मेदवार पौडेलको जित आवश्यक रहेको बताउनु भयो ।
उहाँले करैयामाई गाउँपालिकाको नरहीमा रहेको सहिद मुखलाल महतोको शालिकमा माल्यार्पण गर्नुभएको थियो । उम्मेदवार पौडेलसँगै मतदाताको घरमा पुगेर एमालेको पक्षमा मतदान गर्न पनि पोखरेलले आग्रह गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्