काठमाडौं, बैशाख ८ । नेपालका स्टार स्पिनर सन्दीप लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुर्लभ बिश्व किर्तिमान कायम गरेका छन । एकदिवसीय प्रतियोगितामा सर्वाधिक छिटो १०० विकेट लिने विश्व कीर्तिमान सन्दिपले बनाएका हुन ।
ओमानसँगको आज भएको खेलमा सन्दिपले या किर्तिमान कायम गरेका हुन । अफगानिस्तानका प्रख्यात बलर रासिद खानलाई पछि पार्दै सन्दिपले १०० विकेटको कोसेढुंगा पार गरेका हुन । रासिदले ४४ ओडीआईमा १०० विकेट लिएर सन् २०१८ मा विश्व कीर्तिमान बनाएका थिए । त्यसलाई तोडेर सन्दीपले ४२ ओडीआइमा यो रेकर्ड आफ्नो नाममा पारेका हुन्।
नेपाल र ओमान दुवै ओडीआई राष्ट्र भएकाले आजको खेल एकदिवसीय मान्यता प्राप्त छ । नेपालले यसअघि मलेसियाविरुद्ध खेलेको म्याचमा सन्दीपले ३ विकेट लिए पनि त्यसको त्यो एक दिवसीय खेलको मान्यता प्राप्त नभएकाले गणना भएको थिएन ।
ओमानविरुद्ध आफ्नो पहिलो ओभरमै सन्दीपले विकेट लिए । १२ औं ओभरको तेस्रो बलमा सन्दिपले ओमानका ब्याट्सम्यान अदिल सफिकलाई एलबिडब्लयू धरापमा पारे । आफ्नो १०० औं विकेट पूरा भएसँगै सन्दिपले मैदानलाई ढोगेर/चुमेर खुशी मनाए । उनलाई टिममेट्सहरुले पनि बधाइ दिए ।
सन्दीपले रसिद खानले बनाएको रेकर्ड तोड्दै गर्दा विश्वका थुप्रै कहलिएका बलरहरुलाई पनि पछि पारेका छन । रासिदभन्दा अघि सर्वाधिक छिटो विकेटको सतक पूरा गर्ने बलर अष्ट्रेलियाका मिचेल स्टार्क थिए । उनले सन् २०१६ मा १०० ओडीआइ विकेट पूरा गर्दा ५२ वटा म्याच खेलेका थिए ।
त्यसपछि छिटो विकेट लिनेको सूचीमा क्रमशः पाकिस्तानका सक्लेन मुस्ताक (५३ म्याच), न्यूजिल्यान्ड सेन बोन्ड (५४ म्याच), बंगलादेशका मुस्तफिजुर रहमान (५४ म्याच), अष्ट्रेलियाका ब्रेट ली (५५ म्याच), न्यूजिल्यान्डका ट्रेन्ट बोल्ट (५६ म्याच), भारतका मोहम्मद सामी (५६ म्याच) र जसप्रित बुमराह (५७ म्याच) छन् । सन्दिपले यी सवै बलरलाई पछि पार्दै बिश्व किर्तिमान कायम गरेका हुन ।
प्रतिक्रिया दिनुहोस्